१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रुपन्देहीको निषेधाज्ञामा दैनिक उपभोग्य सामाग्री र तरकारी पसल समेत नखुल्ने



बुटवल । यसअघिको लकडाउनमा जस्तै खाद्यान्ह र तरकारीका पसल खुल्ला र किनौला भनेर कोहि बसेको छ भने यस पटक रुपन्देहीमा त्यो सुबिधा नपाईने भएको छ । यस अघिको निषेधाज्ञामा दैनिक उपभोग्य सामाग्रीको पसलहरु निश्चित समेय खुल्ने दिने गरिएको भएपनि स्थानीय प्रशासनले यस पटकको निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु र तरकारी पसल समेत खोल्न नदिने गरि आदेश जारी गरेको छ ।

छोटो समय दैनिक उपभोग्य सामाग्री र तरकारी पसल खोल्न दिँदा सोहि पसलमा अत्याधिक भिड हुने र कोरोना संक्रमण फैलिने गरेकाले यस पटक खाद्यान्ह, दैनिक उपभोग्य समाग्री र तरकारी पसल समेत खोल्न नपाउने गरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । दैनिक उपभोग्य सामानको पसलबाटै माहामारी फैलन सक्ने सम्भावनालाई मध्यनजर राख्दै त्यस्ता पसलहरुलाई पनि बन्द गर्न आदेश गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । पैदल हिँड्ने देखि जुनसुकै बाहानमा सडकमा निस्कने जो कोहिलाई कडा कारवाहि गर्न प्रहरीलाई निर्देशन दिईएको प्रजिअ तामाङले बताए ।

दैनीक उपभोग्य सामानको पसलहरु लगातार बन्द गर्दा दिनदिनै किनेर खानेहरुलाई पर्न सक्ने समस्यालाई ध्यानमा राखी स्थानीय उद्योग बाणिज्य संघ, ब्यापार संघ जस्ता ब्यवसायीक संस्थाहरुको समन्वयमा मानीसको चाप नहुने समय पारेर घुम्ती पसल, तरकारी एम्बुलेन्स जस्ता सेवाहरु प्रदान गर्ने गरि ब्यवस्था मिलाईएको प्रशासनले बताएको छ । प्रजिअ तामाङका अनुसार त्यस्ता संस्थाहरुले पसलमा नभएर चोक चोकमा तोकिएको मापदण्ड पुरा गरेको गाडीबाट निश्चित समय सामानहरु आपुर्ति गर्ने ब्यवस्था मिलाउने छन् । तरकारीको हकमा तरकारी एम्बुलेन्सकारुपमा गाडीमा राखेर पायकपर्ने चोकहरुमा तरकारी उपलब्ध गराउने ब्यवस्था ब्यवसायीक संस्थाहरुले मिलाउने छन् ।

सञ्चारकर्मीहरुलाई सुचना बिभागले जारी गरेको परिचयपत्रका आधारमा स्वास्थ्य मापदण्ड पालना गरेर जुनसुकै बेला समाचार संकलन गर्न सक्ने गरि ब्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए । ‘मुख्य कुरा कोरोना लहरको ‘चेन ब्रेक’ गर्नु हो, त्यसका लागि सबैको सहयोग चाहिन्छ ।’ उनले भने ।

रुपन्देहीमा पनि झण्डै एक सातादेखि लगातार कोरोना संक्रमण फैलिने क्रमले रफ्तार लिएपछि स्थानीय प्रशासनले १६ गते बिहानबाट ३० गते बिहान सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ३६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।