२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आजदेखि काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा जारी; के के गर्न पाइन्छ ? के के गर्न पाइँदैन ?



काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि बढ्दो संक्रमणको गतिलाई अवरुद्ध (चेनब्रेक) गर्न सरकारले आजदेखि निषेधाज्ञा लागु गरेको छ । सरकारले संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, रूपन्देही, बाँके, दाङ, कैलाली, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीबाहेकका जिल्लामा पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कास्कीमा जोरबिजोर प्रणाली लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमणको अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

सार्वजनिक एवं निजी सवारी साधन १६ बैशाख बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ । सरकारले यस अवधिमा बिना काम घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

त्यसैगरी सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइदैन ।

विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलहीसहितका) ले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर सो कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी पास लिनुपर्नेछ ।

विवाहरव्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन दिनु पर्ने छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने जनाइएको छ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैं एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ । अस्पताल आउने जाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा सवारी साधन प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला गर्ने, डिपार्टमेन्ट स्टोर र ग्रोसरी कक्ष पनि सोहीअनुसार खोल्न पाइने तर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त बित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारी र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ ।

सञ्चारकर्मीरपत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्र वा सम्बन्धित सञ्चारगृहले उपलब्ध गराएको परिचय पत्रका आधारमा आवतजावत गर्न दिइनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ३७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको