१८ श्रावण २०८३, सोमबार | August 3, 2026

ओखलढुङ्गामा पाइप बम फेला



ओखलढुङ्गा । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए ।

बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एक थान र अन्य दुई थान शङ्कास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

जिल्लाबाट प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठको कमाण्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुङ्गाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमाण्डमा गएको नौ जनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ । “निकै पुरानो बम रहेछ । शुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरङ्ग दिनेगरि पड्कियो । सायद द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो बेला मात्रै राखिन्थ्यो”, प्रहरी निरीक्षक श्रेष्ठले भने, “यत्तिका दिन सम्म किन देखिएन, फेरि बाहिरै देखियो । त्यो क्षेत्रमा अरु पनि हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो ।” कतै त्यस्तो शङ्कास्पद वस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ ।

तत्कालीन माओवादीले द्वेन्द्वको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन । द्वन्द्वकाल अन्त्य भएको लामो समय भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीयवासी त्रासमा छन् । रासस

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : ३० बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य