७ आश्विन २०८३, बुधबार | September 23, 2026

पछिल्लो २४ घन्टामा ४,९२८ संक्रमित थपिए, ३५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो  २४ घन्टामा देशभरबाट ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह अपडेट  देशभर १३ हजार ५ सय ६० जनाको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ९ सय २८ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । यीमध्ये ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ जना गरी उपत्यकामा १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३७ जना र भेन्टिलेटरमा १ सय ७ जना उपचाररत छन् ।

मंगलबार देशभर ८ सय ८८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८ सय ८८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ । निको हुने दर ८८.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ४९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई