१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

पछिल्लो २४ घन्टामा ४,९२८ संक्रमित थपिए, ३५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो  २४ घन्टामा देशभरबाट ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह अपडेट  देशभर १३ हजार ५ सय ६० जनाको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ९ सय २८ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । यीमध्ये ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ जना गरी उपत्यकामा १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३७ जना र भेन्टिलेटरमा १ सय ७ जना उपचाररत छन् ।

मंगलबार देशभर ८ सय ८८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८ सय ८८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ । निको हुने दर ८८.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ४९ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा