१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आजको मौसम : पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थान र तराईका भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन ।

यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

यसैबिच देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : १३ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट