१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना प्रभावित १० मुलुकसँगको सिधा उडानमा रोक लगाउन सीसीएमसीको सिफारिस



काठमाडौं । कोरोना महामारीले उग्र रुपलिएको भारत सहित अमेरिका लगायत १० मुलुकको उडान रोक्न केन्द्रीय कोभिड १९ संकट ब्यवस्थापन समिति (सीसीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीले कोरोना संक्रमणबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

शुक्रबार बेलुका बसेको सीसीएमसीको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै अन्तराष्ट्रिय उडान सहित आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको छ ।

त्यस्ता मुलुकहरुमा हुने सिधा उडान रोकेपनि ट्रान्जिट हुँदै आउने विमानलाई भने रोक नलगाउने सीसीएमसीको सिफारिसमा उल्लेख छ ।

सीसीएमसीले सिफारिस गरेपनि मन्त्रिपरिषद्को आगामी बैठकले पारित नगर्दा सम्म सिफारिस भने कार्यान्वयन हुने छैन । मन्त्रिपरिषदले यस सम्बन्धमा बिज्ञ समूहसंग परामर्श गरेर उपयुक्त निर्णय गर्ने एउच स्रोतले खबरकुरालाई जानकारी दियो ।

कोरोना संक्रमणबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा यस अघि देखि नै दिँदै आएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : ०६ बजे

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा