१८ असार २०८३, बिहिबार | July 3, 2026

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज, अविश्वासको प्रस्तावमाथि छलफल हुने



बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरुहुँदैछ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी दलहरुले यही बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेपछि विशेष अधिवेशन आह्वान गरिएको हो । अविश्वासको प्रस्ताव ल्याउने तयारी थाहा पाएपछि मुख्यमन्त्री पोखरेलले समय अगावै चालु अधिवेशन अन्त्य गरेपछि प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै विपक्षी दलहरुले प्रदेशप्रमुख समक्ष विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका थिए ।

आजबाट सुरु हुने विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । विशेष अधिवेशनको पहिलो बैठकमा अविश्वासको प्रस्ताव टेबल हुनेछ । त्यसपछि पक्ष विपक्षमा सांसदहरुले आआफ्ना धारणा राख्नेछन् । मुख्यमन्त्री शंकर पोखरेलले आफु विरुद्ध लगाइएका आरोपहरुमाथि जवाफ दिएपछि सम्भवतः भोलि नै मतदान हुने बताइएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई जना सांसद पदमुक्त भैसकेका छन् । अहिले प्रदेशसभाले जनता समाजवादी पार्टी जसपाका चार जना सांसद पनि पदमुक्त भएको जनाइसकेको छ । जसपा सांसद पदमुक्त गर्ने विषयमा विवाद उत्पन्न भएको छ । यद्यपी, अदालतमा अहिलेसम्म कुनै मुद्दा नपरेका कारण प्रदेशसभाको निर्णय नै अन्तिम निर्णय भएको छ । जसपाका चार जना सांसद समेत पदमुक्त हुँदा अब प्रदेशसभा ८१ सदस्यीय बनेको छ ।

८१ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद रहेका छन् । माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका २ सांसद र राष्ट्रिय जनमोर्चाका १ सांसदले समेत अविश्वासको प्रस्तावमा मतदान गर्नेभएका छन् । तर, हाल कायम रहेका ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमतको अंकगणित तयार भएको छ । एमालेका कुनै सांसदले फ्लोर क्रस गरे भने मात्रै सरकार विरुद्धको अविश्वासको प्रस्ताव पास हुनसक्ने अवस्था छ । विपक्षी दलहरुले एमालेबाट फ्लोर क्रस हुने आशा गरेका छन् । यद्यपी, एमालेले भने फ्लोर क्रस हुने कुनै संभावना नरहेको स्पष्ट पारेको छ । एमाले संसदीय दलको बैठक पनि आजै बस्दैछ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ०७ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले