१ पुस २०८२, मंगलबार | December 16, 2025

पत्रकार महासंघ बागलुङद्धारा पत्रकारको लागी छुट्टै आइसोलेसन कक्ष निर्माण



बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको दर बढ्दै गएको सन्दर्भमा अग्रपंक्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ ।

शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासंघका शाखा अध्यक्ष नरेश कँडेलले बताए । उनले पत्रकारलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा आइसोलेसन कक्ष तयार गरिएको बताए ।

‘पत्रकार अग्रपंक्तिमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा शय्या नपाइन सक्छ त्यसैले पत्रकारहरुका लागि महासंघले नै आइसोलेसन कक्ष बनाएको छ,’ अध्यक्ष कँडेलले भने, ‘जिल्लामा हालसम्म अग्रभागमा खटिने ५ पत्रकारलाई कोरोना संक्रमण भई निको भइसकेको अवस्था छ, पत्रकारलाई कोरोना संक्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा शय्या विस्तार गर्दै जानेछौं ।’

नवनिर्मित भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार संक्रमित नभए पनि कोरोनाको बढ्दो संक्रमणले जस्तोसुकै अवस्था आउन सक्ने भन्दै पूर्व तयारी थालिएको महासंघले जनाएको छ ।

आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरि अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले बताए ।

उनले पत्रकारले आफ्नो व्यवस्थापन गर्न थालेकामा खुशी व्यक्त गर्दै संक्रमणको दर बढ्दै गएमा अस्पतालमा शय्या अभाव हुने भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताए । आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मी समेत खटाउने छ । रासस

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : २३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज