८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देहीमा प्रशासनको निषेधाज्ञा र बुटवलकाे बिहानी, मेला महोत्सवको झल्को (फोटो फिचर)



बुटवल । नेपालका कोरोना हट स्पट बनेका जिल्लाहरु मध्य एक हो रुपन्देही । रुपन्देहीमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको आज ५ दिन भयो । नेपालका अन्य जिल्लामा लगाईएको निषेधाज्ञा र रुपन्देहीमा लगाईएको निषेधाज्ञा अलिहकती फरक छ । अन्य जिल्लाहरुमा दैनिक उपभोग्य सामाग्री खरिदका लागि निश्चित समय निर्धारण गरिएको छ, तर रुपन्देहीमा दैनिक उपभोग्य सामाग्री खरिदको समय छैन । अर्थात २४ सै घण्टा ‘बन्दाबन्दी’ गर्नुपर्ने स्थानीय प्रशासनको कागजी आदेश छ ।

दैनिक उपभोग्य सामाग्री खरिदका लागि समय किन छुट्याईएन भनेर सोध्दा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बिगतका घटनाहरुले त्यस्तै भिडभाड हुने पसलबाट कोरोना भाइरस सर्ने गरेकाले कुनै पनि ब्यवसाय संचालन गर्न नपाउने निर्णय गरेको बताएका थिए । आदेशमा दैनिक उपभोग्य सामाग्री स्थानीय उद्योग बाणिज्य संघ र ब्यापार संघको समन्वयमा ब्यवस्था मिलाउने लेखिएको छ । प्रजिअ तामाङले रातको समयमा घुम्ती एम्बुलेन्स संचालन गरेर चोकचोकमा खरिद गर्ने ब्यवस्था मिलाउने बताएका थिए ।

रुपन्देही प्रशासनले गरेको आदेश केवल कागजमा मात्र सिमित भएको छ । बिशेषगरि बुटवल उपमहानगरमा प्रशासनको आदेश बाहिर देखाउन मात्र कार्यान्वयन भएको छ । आदेशमा खोल्न पाईंदैन भनिएका प्राय सबै पसलहरु सानो ढोका खोलेर त्यहि सानो ढोकामा ठेलम्ठेल ग्राहक उभ्याएर सामन बेच्ने काम भई नै रहेको छ । रक्सी,मासु, रेडिमेड, मोबाईल जे चाहिन्छ बुटवलमा किन्न पाईन्छ ।

प्रशासनले निषेधाज्ञा लगाएपछि मात्र रुपन्देहीमा १७७९ नयाँ कोरोना संक्रमित थपिएका छन् । बुटवलमा मात्र ८१५ जना संक्रमित थपिएका छन् । निषेधाज्ञा जारी भएका १६ गते ४४७ संक्रतिम जिल्लामा थपिँदा बुटवलमा १८७ थपिएका थिए भने १७ गते जिल्लामा ४५९ थपिँदा बुटवलमा २१६ जना थपिएका थिए । १८ गते जिल्लामा ४३२ बुटवलमा २०५ र १९ गते जिल्लामा ४४१ र बुटवलमा २०७ संक्रमित थपिएका थिए । अर्थात रुपन्देहीमा निषेधाज्ञाले काेराेनाकाे ‘चेन ब्रेक’ गर्न सकेकाे छैन ।

 

संक्रमणले यतिधेरै माआमारीको रुप लिँदा पनि बुटवल उपमाहानगरमा न त स्थानीयलाई भयावह हुन सक्ने आँकलन छ न स्थानीय तह र प्रहरीलाई आदेश कार्यान्वयन गर्नु पर्ने चिन्ता छ । बिहान मर्निङवाक देखि साँझ ईभिनिङवाकमा स्थानीय बाहिर निस्केकै छन् । स्थानीय तरकारी बजारमा मेला महेत्सवनै लागे जस्तै भिड छ । प्रहरी राजमार्गमा बसेर दुई चारवटा मोटरसाईकल रोकेर केरकारमै ब्यस्त देखिन्छ । बुटवल उपमहानगरले त दिउँसोको निषेधाज्ञा निकै कडा भएजस्तो गरि दैनिक उपभोग्य सामाग्री राती ८ बजे देखि मध्यराती ३ बजे सम्म खोल्ने नियम नै बनाएर सुचना गरेको छ । बिहान देखि दिनभरी चाहिएको समान पाईने बुटवलमा मध्यराती पसल खोल्न सुचना गर्नुको अर्थ नहुने उपभोक्ताहरु स्वयम बताउछन् ।

भित्रि बजारका खाद्यान्ह पसल दिनभरी सानो सटर खोलेर बेचबिखन भईरहँदा पुरानो बुटवलको लायन्स अस्पताल अगाडी, बुटवलको तिनकुने लगायतका स्थानमा बिहानै मेला महोत्सवमा जस्तै भिड लाग्ने गर्दछ । अस्पतालहरुमा संक्रमितलाई राख्ने बेड नभएका बेला ‘चेन ब्रेक’ गर्ने भन्दै जारी गरिएको निषेधाज्ञा कागजको दस्तावेज बनाउनका लागि मात्र हो भने बिहानै लाग्ने मेला नै कोरोनाको ‘ईपी सेन्टर’ बन्ने निश्चित छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ४५ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन