१८ श्रावण २०८३, सोमबार | August 3, 2026

माओवादी कोटामा नियुक्त गरिएलाई छानिछानी बर्खास्त, अष्ट्रेलियाका लागि नेपाली राजदूत फिर्ता बोलाइए



काठमाडौं । सरकारले पार्टी एकिकरण पछि बनेको नेकपा सरकार हुँदा माओवादी कोटामा नियुक्त भएका सबै पद र निकायका ब्यक्तिहरुलाई छानिछानी बर्खास्त गर्न थालेको छ ।

सोमबार दुईवटा प्रदेश प्रमुखलाई बर्खास्त गरेको सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले जापानकी राजदुत राप्रपाकी नेतृ प्रतिभा राणाको म्याद थपेर माओवादी सिफारिसमा राजदुत बनेका दाहाललाई फिर्ता बोलाउने भएको हो ।

नेकपा सरकारका बेला दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका थिए। दाहालको अझै दुई वर्ष कार्यकाल बाँकी रहेको छ।

लक्की शेर्पालाई फिर्ता बोलाएपछि दाहाल राजदूतमा नियुक्त भएका थिए।

सरकारले सोमबार नै माओवादी कोटमा प्रदेश प्रमुख बनेका अमिक शेरचन र शर्मीला त्रिपाठीलाई पनि पदमुक्त गर्न सिफारिस गर्दै नयाँ प्रदेश प्रमुखमा २ जना एमाले कार्यकर्तालाई सिफारिस गरेको थियो ।

दाहाललाई फिर्ता बोलाउने निर्णय गरेपनि सरकारले ओमानका लागि नेपाली राजदूत शर्मीला ढकाल पराजुली र जापनका लागि राजदूत प्रतिभा राणालाई अर्को व्यवस्था नभएसम्म निरन्तरता दिने भएको छ।

परराष्ट्र स्रोतका अनुसार उनीहरुको कार्यकाल सकिएको भए पनि अर्को व्यवस्था नभएसम्म म्याद थपिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ११ बजे

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि