१६ बैशाख २०८१, आइतबार | April 28, 2024

ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

सर्वोच्च अदालतले प्रतनिधिसभा पुनर्स्थापनागरेसँगै प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएको माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको थिएन ।

तर, प्रधानमन्त्री ओलीले आफुले विश्वासको मत लिने उद्देश्यले प्रतिनिधिसभाको अधिवेशन बोलाएपछि माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णय गरेको हो ।

माओवादीको मंगलबार बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले समर्थन फिर्ताको निर्णय लिएको हो । ओलीले वैशाख २७ गते विश्वासको मत लिनलाई मात्रै बोलाइएको प्रतिनिधिसभको अधिवेशनको आशय र उद्देश्य राम्रो नरहेको निस्कर्ष माओवादीले निकालेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘चैत २३ भित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेका थियौं, त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत लिन पहल गर्नुभएन । अब केही समयभित्रै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ । विश्वासको मत लिन छल्ने र विशेष अधिवेशनको नाम दिएर जुन अधिवेशन बोलाइएको छ । प्रमको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई हाम्रो पार्टीले अरु अरु दलले सचेतता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ ।’

यस्तै, बैठकले लुम्बिनी प्रदेशमा असंवैधानिक र अवैधानिक ढंगले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ खुवाइएको निस्कर्ष निकालेको छ । बैठकले लुम्बिनीका चार मुख्य दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने गरेको निर्णयलाई समर्थन गर्ने निर्णय निकालेको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : १० बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क