१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोरोनाबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि वैशाख १९ गते थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिए ।

बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए ।

इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए । विसं २०३९ देखि क्योकुसिन कराते खेल्दै आएका बज्राचार्य दुई पटक राष्ट्रिय च्याम्पियन बनेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ५१ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय