१७ असार २०८३, बुधबार | July 2, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले ३ दिनमा ४ पटक गरे मन्त्रिमण्डल विस्तार



बुटवल । एकैदिनमा फरक फकर घटनाक्रमका बीच मुख्यमन्त्री नियुक्ति भएजस्तै गरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले मन्त्री बनाउँदै जिम्मेवारी फेर्दे गर्न थालेका छन् । मन्त्री नियुक्त गरेको २ दिनमै मन्त्रीहरुको जिम्मेवारी फेरबदल देखि ३ दिनकाबीच ४ पटक मन्त्रीहरु थप्दै गएका छन् ।

अल्पमतकै बीच मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३ दिनमा ४ पटक मन्त्री थप गरेका छन् । दोस्रो पटक मुख्यमन्त्री बनेपछि पोखरेलले आज चौथो पटक मन्त्री मण्डल विस्तार गरेका हुन् । उनले मंगलबार गरिएको बिस्तारमा आईतबार र सोमबार नियुक्त भएका केही मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । यो बिस्तार पुर्नगठन पछिको चौथो पटक हो ।

आज बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन भने अर्घाखांचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी दिईएको छ । यसका साथै सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित कपिलबस्तुका धर्मलाल प्रसाद श्रीवास्तवलाई शिक्षा तथा सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी दिईएको छ । श्रीवास्तव आईतबार दिनभरी विपक्षी गठबन्धनमा बसेर मुख्यमन्त्रीको विपक्षमा उभिएका थिए भने सोमबार मुख्यमन्त्रीको समर्थन गर्न पुगेका थिए ।

त्यसैगरी यस अघि मन्त्री परिषदमा सहभागी मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । यस अघि स्वास्थ्य तथा जनसख्या मन्त्री बनाईएका प्युठानका हरि रिजाललाई ग्रामिण तथा सहरी बिकास मन्त्रालय,यस अघि सामाजिक तथा शिक्षा मन्त्री रहेकी कल्पना पाण्डेलाई उद्योग तथा बातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत रहेका छन्। आजबाट मन्त्री मण्डल १० सदस्सीय भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ९ : ०१ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)