३ चैत्र २०८२, मंगलबार | March 17, 2026

संघीयताविज्ञ डा. खिमलाल देवकोटा राष्ट्रिय सभाको रिक्त पदमा विपक्षी गठबन्धनका साझा उम्मेदवार चयन



काठमाडौं । राष्ट्रिय सभामा बागमती प्रदेशबाट रिक्त स्थानमा डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाइने भएको छ ।

माओवादी केन्द्र, कांग्रेस र एमालेको माधव नेपाल पक्षले स्वतन्त्र बुद्धिजीवि डा. देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

देवकोटा नेपाल निकट बुद्धिजीवि मानिन्छन् । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा संघीयताका विज्ञ हुन् । देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारका रुपमा काम गरिसकेका छन्।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापाले दल त्याग गर्दै एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभाको सो स्थान रिक्त भएको थियो ।

राष्ट्रिय सभाको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । सो उपनिर्वाचनमा बागमती प्रदेशका प्रदेशसभा सांसदहरु र स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मतदान गर्न पाउँछन् ।

एमालेले रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

लुम्बिनी प्रदेशमा रिक्त एक पदमा विपक्षी गठबन्धनले केही दिनअघि एमालेको लुम्बिनी प्रदेशसभा सांसद पदबाट राजीनामा दिएका कपिलवस्तुका दृघनारायण पाण्डेलाई साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : १९ बजे

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका