७ आश्विन २०८३, बुधबार | September 23, 2026

खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने



काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका छन् ।

जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको समर्थनमा उम्मेदवार रहेका देवकोटा उम्मेदवार रहेका छन् । तर एमाले नेताहरुबीच देखिएको विवाद समाधानउन्मुख देखिएपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने चासो बढिरहेकै समयमा उनले आफुले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेका हुन् । देवकोटा माधव नेपाल निकट बुद्धिजीवि हुन् ।

देवकोटाले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत अन्य दलको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो ।’

निष्ठा र इमान्दारिताको राजनीतिप्रति गहिरो लगाव रहेको उल्लेख गर्दै देवकोटाले केन्द्रमा राजनीतिक घटनाक्रम फेरबदल भएपनि आफुले उम्मेदवारी फिर्ता नलिने स्प्ष्ट पारेका छन् । देवकोटाले भनेका छन्, ‘राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।’

देवकोटा कलम चुनाव चिन्ह लिएर मैदानमा रहेका छन् । उपनिर्वाचनमा देवकोटाबाहेक एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेमकिपाको तर्फबाट कृष्ण तामाङ उम्मेदवार छन् ।

२०७४ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रबाट गृहमन्त्री थापा विजयी भएका थिए। तर, दल त्याग गरेर एमाले प्रवेशगरेपछि दल त्याग ऐनअनुसार उनको पद खारेज भएको थियो ।

 

देवकोटाको वक्तव्य

२०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन । राजनीतिक पार्टी नीति, विधी र पद्धतीमा चल्नु पर्दछ, । यसमा विवाद हुन सक्दैन । तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो ।
निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।
नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।
हार्दिक कृतज्ञता सहित ।
डा. खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार ।
वागमती प्रदेश ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : १६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११