१६ बैशाख २०८३, बुधबार | April 29, 2026

गैँडाकोटमा अत्यावश्यक बाहेकका सेवा बन्द



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरपालिकाभित्र भीडभाड, सभासम्मेलन, समारोह, भेलाजस्ता कार्यहरु नगर्नसमेत स्थानीयवासीलाई आग्रह गरेका छन । “नयाँ भेरियन्टसहित फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट थप क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ”, पौडेलले भने, “निषेधाज्ञा अवधिभर गैँडाकोट नगरपालिकाबाट प्रवाह हुने सेवामध्ये अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेका छौँ ।” जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी सङ्क्रमित गैँडाकोट नगरपालिकाभित्र रहेका भन्दै उनले निषेधाज्ञाको पूर्ण पालना गर्नसमेत नगरवासीलाई आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४१४ पुगेको छ । स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले सक्रिय सङ्क्रमितमध्ये गैँडाकोट नगरपालिकामा मात्रै १४६ जना रहेका जानकारी दिए ।

त्यस्तै, कावासोतीमा १०८, विनयी त्रिवेणीमा ५०, मध्यविन्दु र देवचुलीमा ३४÷३४, हुप्सेकोटमा २२, बौदिकालीमा दुई र बुलिङटारमा एकजना सक्रिय संक्रमित रहेका चापागाईंले बताए ।

जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमित थपिएका भन्दै चापागाईंले मङ्गलबार १० जना सङ्क्रमित निको भएका जानकारी दिए । दोस्रो लहरमा कोरोना फैलिएसँगै जिल्लामा चारजना सङ्क्रमितले ज्यान गुमाएका चापागाईंको भनाइ छ । तीव्ररुपमा फैलिरहेको कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा थप आइसोलेशन केन्द्र निर्माण गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको उनले बताए ।

हाल जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा गरी जम्मा ६१ श्ययाको आइसोलेशन रहेको चापागाईंले बताए । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा १७, हुप्सेकोट गाउँपालिकामा १०, मध्यविन्दु नगरपालिकामा नौ तथा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङ्टार गाउँपालिका, बौदिकाली गाउँपालिकामा ५÷५ श्ययाका आइसोलेशन केन्द्र रहेको चापागाईंले जानकारी दिए । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाले भने आइसोलेशन केन्द्र निर्माण गरेको छैन ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  २ : ११ बजे

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

रातमा बस्नेगरी सगरमाथा आधार शिविरको ‘प्याकेज’ बेचे कारबाही

काठमाडौं । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी