७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

देउवा भेट्न नेताहरुसहित बुढानिलकण्ठ पुगे प्रधानमन्त्री ओली



काठमाडौं । सत्ता जोगाउन लगातार जसपा नेताहरुसँग गठबन्धनको प्रयास गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन बुढानिलकण्ठ पुगेका छन् ।

संसदमा विश्वासको मत मागेका ओलीले आफु विरुद्ध गठबन्धन बनाउन सुरु गरेका देउवा भेट्न उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे देउवासँग छलफल गर्ने बुझिएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएर एमालेलाई एक्लाउने रणनिती सार्वजानिक भए लगत्तै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पार्टीका केहि नेताहरुलाई लिएर देउवा निवास पुगेका हुन् ।

आजै मात्र स्वतन्त्र वाम बुद्धिजीवि डा. खिमलाल देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरु सहमत भएका छन्। ओलीले भने हालै एमाले प्रवेश गरेका पूर्व माओवादी नेता गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाउने घोषणा गरिसकेका छन् ।

कांग्रेस पदाधिकारी बैठकले हिजो मात्रै ओलीलाई विश्वासको मत प्राप्त गर्नबाट असफल बनाउने निर्णय गरेको थियो । यस्तै, हिजै राति सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच अविश्वासको प्रस्ताव असफल बनाउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल पनि गएका छन्।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : ४७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल