३ पुस २०८२, बिहिबार | December 18, 2025

दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु



चितवन । यहाँ रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो ।

यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका-९ का ३४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ः०० बजे मृत्यु भएको हो । उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका-१ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका-२ का ५८ वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहीबार राति १२ः४० बजे मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका-९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ः०० बजे मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरेको केही समयमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : ३० बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,