१९ बैशाख २०८१, बुधबार | May 2, 2024

राष्ट्रियसभा उपनिर्वाचन : भिडन्त थापा र देवकोटाकै



काठमाडौं। राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त अन्य समुहअन्तर्गतको एक पदमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले नै उम्मेदवारी दिएका छन् ।

हेलिकोप्टर चढेर निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेका गृहमन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । यस्तै समर्थकमा सामाजिक प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छिन् ।

एमालेको माधव पक्षले समर्थन नगर्ने भएपछि हच्किएका थापाले बुधबार स्थायी कमिटी बैठकमा आफु उम्मेदवार नबन्ने जनाएका थिए । तर लामो छलफलपछि थापाले नै उम्मेवदवारी दर्ता गराएका हुन् ।

थापासँग माओवादी कांग्रेस, जसपा र माधव नेपाल पक्षको समर्थनमा वाम बुद्धिजीवि डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । देवकोटाको प्रस्तावकमा माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल बसेका छन् भने समर्थकमा कांग्रेस सांसद राधा घले बसेकी छिन् ।

उपनिर्वाचन जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : ५३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी