१७ असार २०८३, बुधबार | July 2, 2026

राष्ट्रियसभा उपनिर्वाचन : भिडन्त थापा र देवकोटाकै



काठमाडौं। राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त अन्य समुहअन्तर्गतको एक पदमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले नै उम्मेदवारी दिएका छन् ।

हेलिकोप्टर चढेर निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेका गृहमन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । यस्तै समर्थकमा सामाजिक प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छिन् ।

एमालेको माधव पक्षले समर्थन नगर्ने भएपछि हच्किएका थापाले बुधबार स्थायी कमिटी बैठकमा आफु उम्मेदवार नबन्ने जनाएका थिए । तर लामो छलफलपछि थापाले नै उम्मेवदवारी दर्ता गराएका हुन् ।

थापासँग माओवादी कांग्रेस, जसपा र माधव नेपाल पक्षको समर्थनमा वाम बुद्धिजीवि डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । देवकोटाको प्रस्तावकमा माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल बसेका छन् भने समर्थकमा कांग्रेस सांसद राधा घले बसेकी छिन् ।

उपनिर्वाचन जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : ५३ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)