१५ बैशाख २०८१, शनिबार | April 27, 2024

लुम्बिनी प्रदेशका कुनै अस्पतालमा अक्सिजन नपुगेको अस्पतालहरुको प्रतिक्रिया, मुख्यमन्त्रीले गरे अक्सिजन पुगिसकेको झुटो प्रचार



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन सिलिण्डरको अभावको समस्या समाधार भएको फेसबुकमा स्टाटस पोष्ट गरेपनि प्रदेशका कुनै पनि अस्पतालमा थप एक सिलिण्डर अक्सिजन नझरेको अस्पतालहरुले जनाएका छन् । प्रदेशसका प्राय सबै अस्पताहरुमा अक्सिजनको चरम अभाव सुरु भएको छ । अस्पताल प्रमुखहरु अक्सिजनकै कारण आत्मसमर्पणको अवस्थामा पुगेका छन् । तर मुख्यमन्त्री पोखरेल झुटो स्टाटस पोष्ट गरेर अस्पतालहरुले भोगेको पिडामा नुन् छर्कंदैछन् ।

रुपन्देही स्थित भिम अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि आज मध्यराती देखि अस्पताल प्रमुख डा. शकुन्तला गुप्ता सीडीओ कार्यालय देखि प्रहरी कार्यालय गुहार्दै हिँडेकी छिन् । मध्यराती अक्सिजनको स्टक सकिएपछि उनी प्रजिअ अस्मान तामाङ गुहार्न पुगेकी थिईन् । प्रजिअले प्रहरी लगाएर २०-२२ वटा सिलिण्डर बिभिन्न उद्योगबाट बरामद गरेर रातभरीको समस्या समाधान गरिदिएपनि अक्सिजन सप्लाई गर्ने सप्लायर्सले हात उठाईदिएपछि आजको रात संक्रमितलाई कसरी बचाउने भन्ने पिरलोले डा. गुप्तालाई सताएको छ । ‘राती सीडीओ र प्रहरीलाई आग्रह गरेर जोहो गरियो बिहानै मन्त्री भेट्न पुगें , तर अक्सिजन आउने ग्यारेण्टी छैन ।’ उनले भनिन् ।

भिम अस्पताललाई अक्सिजन उपलब्ध गराउने भन्दै रुपन्देहीको लुम्बिनी अक्सिजन प्लान्टले सम्झौता गरेको थियो । तर प्लान्टले काम गरेन भन्दै उद्योगले हात उठाईदिएपछि अस्पतालमा समस्या उत्पन्न भएको हो । अस्पताल प्रशासनले कोरोना माहामारी सुरु नहुँदै शंकर अक्सिजन उद्योगसँग अक्सिजन भर्न थाले पनि महामारीका बेला शंकर अक्सिजन उद्योगले पनि सिमित अक्सिजन मात्र उपलब्ध गराएपछि भिम अस्पतालको कन्त बिजोग भएको छ । अस्पतालकी मेसु डा. गुप्ताका अनुसार दैनिक २५० सिलिण्डर खपत हुने अस्पतालमा २० देखि २५ थान सिलिण्डर अक्सिजन मात्र सप्लायर्सले झारिदिने गरेको छ । भिम अस्पतालमा ७१ जना संक्रमितहरुको उपचार चलिरहेको र ती सबैलाई अक्सिजन दिईएको डा. गुप्ताले भनिन् । भिममा ५ वटा भेण्टिलेटर र ५ वटा आईसीयू छन् ।

मुख्यमन्त्रीको स्टाटसपछि अक्सिजन त झ¥यो होला नी भने लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा बिष्णु गौतमलाई सोध्दा डा. गौतमले एक पटक अस्पताल आएर हेरिदिन आग्रह गरे । १० वटा खाली हुँदा त्यसैलाई भरिदिने बाहेक एउटा पनि थप अक्सिजनको सिलिण्डर अस्पतालमा नआएको डा. गौतमले बताए ।

उता भेरी अस्पताल नेपालगन्जमा पनि अक्सिजनको अवस्था नाजुकछ बन्दै गएको छ । १४२ वटा बेडमा अक्सिजनको प्रेसर पुग्ने गरि बनाईएको संरचनामा २०० बढी संक्रमितलाई जबर्जस्ती अक्सिजन दिईएको छ । अक्सिजनको प्रेसर नपुगेर संक्रमितहरुले समस्या खेपिरहेका छन् । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जी टु जी लिक्विड अक्सिजन आउने सम्झौता भयो रे भन्ने हल्ला सुनेको बताउँछन् । धितालले हल्ला सुनेपनि भेरी अस्पतालमा अहिले सम्म एक सिलिण्डर अक्सिजन थप भएको छैन ।

१४२ बेडको कोरोना बिरामीलाई ब्यवस्था गरिएको अस्पतालमा ३०२ जनाको उपचार चलिरहेको अध्यक्ष धितालले बताए । ‘१४२ लाई छुट्याईएको ठाँउमा ३०२ जनाको उपचार हुँदा स्थिती कस्तो होला ? तपाई आफै भन्नुस् ।’ धितालले भने, ‘संक्रमित आउने क्रम रोकिएको छैन, कुनैपनि बेला संक्रमितको कुटाई खानुपर्ने हुन सक्छ ।’

उता बाँकेकै नेपालगन्ज मेडिकल कलेजले अक्सिजनको जाहो सरकारले नगरिदिने हो भने संक्रमितको भर्ना लिन नसकिने भन्दै भर्ना नै बन्द गरेर बसेको छ । अस्पतालमा १३३ संक्रमितको उपचार चलिरहेको मेडिकल कलेजका उप निर्देशक डा. नितेश कनोडियोले जनाएका छन् ।

अस्पतालहरुको अवस्था यति नाजुक भईसक्दा मुख्यमन्त्री पोखरेलले भने झुटो स्टाटस पोष्ट गरेर बसिरहेका छन् । अस्पतालका प्रमुखहरुले अक्सिजन नपाएर आत्मसमर्पणको अवस्था आउन सक्ने बताई रहँदा मुख्यन्त्रीको स्टाटस यस्तो आएको छ, ‘लुम्विनी प्रदेशका सबै प्लान्टवाट नियमित रुपमा अक्सिजन उत्पादन हुदैछ । वन्द रहेको दाङको अक्सिजन प्लान्ट पनि सुचारु भो । भारतवाट लिक्विड अक्सिजन आउन थाल्यो । थप अक्सिजन सिलिण्डरको व्यवस्था पनि भो । अक्सिजनका कारणले क्षमता सिमित गर्न वाध्य अस्पतालहरुले क्षमता वढाएर विरामीको उपचार गरौं।’

‘मुख्यमन्त्रीलाई झटो स्टाटस हाल्न कस्ले उकास्छ ?’ लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत संक्रमितका एक आफन्तले प्रश्न गरे ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : २० बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।