१७ असार २०८३, बुधबार | July 2, 2026

प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या अझै बढ्न सक्ने



काठमाडौं । कोरोना भाइरसबाट संक्रमित प्रतिनिधिसभाका सांसदको संख्या २६ पुगेको छ ।

यही वैशाख २२, २३ र २४ गते लिइएको स्वाव परीक्षणमा २६ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । यस्तै राष्ट्रिय सभाका अर्का एक जना सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ ।

आगामी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बस्दैछ ।

अधिवेशन अघि संसद बैठकलाई सुरक्षित राख्न संसद सचिवालयले सबै सांसदहरु, संसद सचिवालयका कर्मचारीहरु, सांसदका स्वकीय सचिवालयका कर्मचारीहरु र सुरक्षाकर्मीहरु र संघीय मामिला पत्रकारहरु र अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुको स्वाब परीक्षण गराएको थियो ।

१ हजार २३५ जनाको परीक्षण गर्दा हालसम्म १६० जनामा संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका एक जना उपसचिवको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । अझै पनि ५४ जनाको स्वाब संकलन गर्न बाँकी रहेको संसद सचिवालयले जनाएको छ । यसमध्ये झलनाथ खनाल, भानुभक्त ढकाल, रघुवीर महासेठ, जुली महतोलाई संसद सचिवालयमा स्वाब लिनु अघि नै कोरोना संक्रमण भएको थियो ।

ठूलो संख्यामा सांसदहरुलाई कोरोना संक्रमण भएपछि २७ गते बस्ने संसदको बैठक र बिश्वासको मत प्रक्रियामा हुने मतदानका सम्बन्धमा सभामुख अग्नी सापकोटाले स्वास्थ्य विज्ञहरुसंग सल्लाह लिएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकार र विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सुझाव दिएका थिए । बोल्दा मास्क नखोल्न, बसेको सिट परिवर्तन नगर्न, दूरी कायम गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

यी हुन कोरोना संक्रमण पुष्टि भएका संघीय संसदका सांसदहरु :
१ मुकुन्द न्यौपाने
२ मायाँ देवी न्यौपाने
३ पार्वती डिसि चौधरी
४ राजेन्द्र प्रसाद गौतम
५ नन्दलाल रोका क्षेत्री
६ लाल बाबु पण्डित
७ लक्ष्मणलाल कर्ण
८ नरमायाँ ढकाल
९ रामबाबु यादव
१० गोपाल बहादुर बम
११ नमीता कुमारी चौधरी
१२ शान्तिमायाँ तामाङ पाख्रिन
१३ विना कुमारी श्रेष्ठ
१४ रेनुका गुरुङ
१५ जुली कुमारी महतो
१६ रघुबीर महासेठ
१७ किसान श्रेष्ठ
१८ सुरेश कुमार राई
१९ पुष्पा कुमारी कर्ण कायस्थ
२० झलनाथ खनाल
२१ भानुभक्त ढकाल
२२ बीना मगर
२३ भरत कुमार शाह
२४ प्रमोद शाह
२५ दिपक प्रकाश भट्ट
२६ महेश बस्नेत

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २० बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)