१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बसभाडामा कालोबजारी गर्ने ४ जना यातायात कर्मचारी ट्राफिक महाशाखाबाट पक्राउ



काठमाडौँ । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले छ गुणा बढि सम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ ।

दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन । ट्राफिक प्रहरीले हरेक दिन बढी भाडालिनेहरुलाई पक्राउ गरेपनि ठगी गर्ने धन्दा रोकिएको छैन । हालसम्म महाशाखाले एक्काईस जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याईसकेको छ ।

निषेधाज्ञा लागु भएपछि अत्याबश्यक काम बिशेष र बिदेशबाट आई बाहिरी जिल्ला फर्किने यात्रुहरुसँग तोकिएको भन्दा बढि भाडा लिनेलाई कारबाहि गर्न डेडिकेटेड सिभिल टोली समेत परिचालन गरेका छौं । टोलीले त्यस्ता स्थान तथा काउण्टरहरुमा गई निगरानी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ्ग गर्ने, गोप्यरुपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । आज पनि ट्राफिक प्रहरीले ४ जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको छ ।

हामी निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेका छौं, तोकिएको भन्दा बढि भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौं, पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढि भाडा लिएको कसुरमा पक्राउ परेका छन् । उनले भने, यस तर्फ यातायात व्यबसायीहरुको यसतर्फ बिशेष ध्यान जान जरुरी छ ।

आज पनि गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले काठमाण्डौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी न.पा. ८ का बर्ष २४ को योगेन्द्र बोहोरा र बर्ष ३० का आकाश बिष्टलाई पक्राउ गरेको छ । उनीहरुले ना८ख८४९४ नम्बरको शुभ बिहानी यातायात मार्फत धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिएका हुन । त्यसैगरि थाहा न.पा. ३ हेटौडा घर भई बालाजु बस्ने बर्ष ३२ को अमृत बिष्ट र गोर्खा घर भई मित्रनगर बस्ने बर्ष ४५ को सोम बहादुर गुरुङ्गलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुले धनगढी जाने यात्रुसँग प्रति ब्यक्ति चार हजार देखि पैतालिस सयसम्म लिने गरेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका चार जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : ०९ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय