३ पुस २०८२, बिहिबार | December 18, 2025

आजको मौसम : पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली, देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशका केही भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको महाशाखाको भनाइ छ । पछिल्लो केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाका कारण मौसममा बदली देखिएको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागमा सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको समेत महाखाखाले बताएको छ ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : ०७ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको