१७ असार २०८३, बुधबार | July 1, 2026

मतदानको समय संसदमा अनुपस्थित हुने नेपाल-खनाल पक्षको निर्णय



काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ ।

आफ्ना माग पुरा नभए सांसद पदबाटै राजीनामा दिने बताउँदै आएको यो समुहले प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा संसदमा अनुपस्थित हुने निर्णय गरेको हो ।

केही बेर अघि सम्पन्न सांसदहरुको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेको नेता भीम रावलले बताए । उनले भने, ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं ।’

राजीनामाको अप्रिय बाटोभन्दा अझै पनि बीचको बाटो खोजेर पार्टी एकता बचाउने उपाय निकाल्न सकिन्छ कि भन्ने राय सांसदहरुबाट आएपछि नेपाल खनाल पक्षले यस्तो निर्णय लिएको हो ।

यो पनि पढ्नुहोस : पार्टी एकताको प्रस्तावसहित मध्यरातमा ओलीलाई नेपालको ६ बुँदे पत्र

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : २८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी