२३ बैशाख २०८१, आइतबार | May 5, 2024

संसद विघटन गर्दैछ भन्ने षड्यन्त्र लाग्छ भने मलाई संसदको पुरै मत दिनुस : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता र स्थायित्व चाहेको हो भने आफुलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलका नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थिरताका लागि आफुलाई विश्वासको मतमा मतदान गरी थप दुई वर्ष सम्म स्थिर सरकार राख्न आग्रह गरेका हुन् ।

ओलीले सदनलाई अघि बढाउने या नबढाउने भन्ने विषय सदनको हातमा रहेको भन्दै सहमति र सहकार्यका साथ देशलाई अघि बढाउन सबैभन्दा ठूलो पार्टीको हैसियतले आफैले हक राख्ने जिकिर गरे ।

ओलीले भने, ‘फेरि विघटनका लागि षड्यन्त्र पो गर्न लागेको हो भन्ने मान्नुहुन्छ भने सबै मिलेर मलाई भोट हाल्दिनुस न । ल त कस्ले गर्दौ रहेछ विघटन !’ प्रधानमन्त्री ओलीले संसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले संवाद र सहमतिबाटै देश अघि बढ्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०० बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार