२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रधानमन्त्री ओलीले गुमाए संसदको विश्वास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मतका लागि केहीबेर अघि भएको मतदानमा प्रधामन्त्री ओलीले विश्वासको मत गुमाएका हुन् ।

ओलीको पक्षमा ९४ मात्र मत परेको छ भने विपक्षमा १२४ मत परेको छ ।

मतदानमा एमालेको माधव नेपाल पक्षका २८ जना सदस्यहरु अनुपस्थित भएका छन् । जम्मा ३९ जना सांसद अनुपस्थित भएका छन् । यस्तै तटस्थमा १५ मत परेको छ । मतदानमा जम्मा २३२ जना उपस्थित भएका थिए ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफुलाई संसदको विश्वास छ भन्नका लागि मतदान भएको हो ।

संसदमा हाल कायम रहेका २७१ सदस्यसंख्यामध्ये प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ मतको आवश्यकता पर्दथ्यो ।

विश्वासको मत अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । ओली सरकार कामचलाउ सरकारमा परिणत भएको छ ।

अब राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउनका लागि आह्वान गर्नेछिन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५६ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन