६ बैशाख २०८१, बिहिबार | April 19, 2024

काठमाडौं उपत्यकाका सबै अस्पतालमा कोरोना संक्रमणको उपचार हुने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सरकारी स्वामित्वका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ । कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण आर्यालले उपत्यकाका सबै सरकारी अस्पतालमा कोरोनाको उपचार हुने जानकारी दिए ।

महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए ।

कोरोना संक्रमित बढ्दै जाँदा हाल संचालनमा रहेका अस्पतालहरुमा बेड अभाव भएपछि यस्तो निर्णय गरिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ०३ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी