४ आश्विन २०८३, आइतबार | September 21, 2026

बाँकेमा रातभरीमा १२ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा रातभरीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाका दुई ठूला भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । बर्दिया स्थित गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारको क्रमको उनको आज बिहान ८ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा सल्यानका बनगाड कुभिन्डे-६ का ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा आज बिहान ८:३० बजे निधन भएको छ । त्यस्तै,भेरी अस्पतालमै बाँकेका ४९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ८:३० बजे मृत्यु भएको छ ।

सोही अस्पातालमा बाँके नेपालगञ्जका ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको हो । बाँकेको मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पनि भेरी अस्पतालमा आज बिहान ८:३० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार कैलाली घोडाघोडि १ का ६० वर्षीय पुरुषको आज बिहान ४:४५ बजे मृत्यु भएको हो । अर्का बाँके कोहलपुरका ३० वर्षीया महिलाको हिजो साझ ९:३० बजे मृत्यु भएको छ ।

त्यस्तै, बाँकेकै ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मध्यराति १:३० बजे मृत्यु भएको छ । बर्दियाका बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा आज बिहान १० बजे उपचार हुँदै गर्दा मृत्यु भएको छ । त्यसैगरी मेडिकल कलेज काेहलपुर बैशाख २५ गते भर्ना भएका काेहलपुर ११ का ४१ वर्षिय पुरुषकाे आज बिहान ४ बजे मृत्यु भएको छ भने काेहलपुरमै २४ गते भर्ना भएकी ६४ वर्षिया महिलाकाे अाज बिहान ५:३० बजे मृत्यु भएको छ । बैशाख २२ गते भेरी अस्पतालमा भर्ना भएका तुलसिपुर दाङका ६६ वर्षिय पुरुषकाे पनि बिहान ३ बजे मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएकाे ५ ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५४ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

 

 

 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ११ : ३४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन