१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आत्मसमर्पण क्रान्तिप्रतिको गद्दारी हो : घनश्याम भुसाल



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आत्मसपर्मण क्रान्तिप्रतिको गद्दारी भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै नेता भुसालले भनेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

नेता भुसालले हिजो प्रचण्डलाई गाली गरेर पाप ढाक्न खोजेकाहरुले आज झलनाथ र माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजेको जनाएका छन् ।

आफुहरु विरुद्ध गाली गलौज गरेर संविधान घोषणा गर्दा प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले बाँकी रहेको एमालेलाई पनि विभाजित गर्न प्रयत्न गरेको भुसालको टिप्पणी छ ।

भुसालले लेखेका छन्, ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

संविधान घोषणा गर्दा सबैभन्दा असन्तुष्ट विदेशी शक्ति कोही थियो भने भारत थियो । त्यतिबेला भारतले विशेष दूतको रुपमा पठाएका हालका विदेशमन्त्री एस जयशंकरले नेपाली नेताहरुको घरघरमा पुगेर आफुले भनेअनुसार संविधान नबनेको भन्दै जारी नगर्न धम्कीपूर्ण दबाब दिएका थिए ।

पछिल्लोपटक भारतीय गुप्तचर प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट विच्छाइएपछिको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदै नेपाल कम्युनिष्ट पार्टी नै छिन्नभिन्न बन्यो । शक्तिशाली कम्युनिष्ट पार्टी विदेशी शक्तिकेन्द्रका लागि अप्रिय विषय हो, त्यसैले अबको मुख्य चरण भनेको नेकपा एमालेको विभाजन हो ।

नेता भुसालले विदेशी शक्तिकेन्द्रको नाम नलिए पनि उनले उल्लेख गर्न खोजेको विषय यही नै हो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ११ : ५६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर