१८ असार २०८३, बिहिबार | July 2, 2026

आत्मसमर्पण क्रान्तिप्रतिको गद्दारी हो : घनश्याम भुसाल



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आत्मसपर्मण क्रान्तिप्रतिको गद्दारी भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै नेता भुसालले भनेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

नेता भुसालले हिजो प्रचण्डलाई गाली गरेर पाप ढाक्न खोजेकाहरुले आज झलनाथ र माधवलाई गाली गरेर बाँकी रहेको एमालेलाई विभाजन गर्न खोजेको जनाएका छन् ।

आफुहरु विरुद्ध गाली गलौज गरेर संविधान घोषणा गर्दा प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले बाँकी रहेको एमालेलाई पनि विभाजित गर्न प्रयत्न गरेको भुसालको टिप्पणी छ ।

भुसालले लेखेका छन्, ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

संविधान घोषणा गर्दा सबैभन्दा असन्तुष्ट विदेशी शक्ति कोही थियो भने भारत थियो । त्यतिबेला भारतले विशेष दूतको रुपमा पठाएका हालका विदेशमन्त्री एस जयशंकरले नेपाली नेताहरुको घरघरमा पुगेर आफुले भनेअनुसार संविधान नबनेको भन्दै जारी नगर्न धम्कीपूर्ण दबाब दिएका थिए ।

पछिल्लोपटक भारतीय गुप्तचर प्रमुख सामन्त गोयललाई बालुवाटारमा रातो कार्पेट विच्छाइएपछिको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदै नेपाल कम्युनिष्ट पार्टी नै छिन्नभिन्न बन्यो । शक्तिशाली कम्युनिष्ट पार्टी विदेशी शक्तिकेन्द्रका लागि अप्रिय विषय हो, त्यसैले अबको मुख्य चरण भनेको नेकपा एमालेको विभाजन हो ।

नेता भुसालले विदेशी शक्तिकेन्द्रको नाम नलिए पनि उनले उल्लेख गर्न खोजेको विषय यही नै हो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ११ : ५६ बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष