१८ असार २०८३, बिहिबार | July 2, 2026

नेपाल पक्षलाई फकाउने सूत्र प्रयोग : ओलीले गरे माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा



काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले नेता नेपालसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई यसअघि गरेको निलम्बन फुकुवा गरेको हो ।

नेता नेपाल पक्ष निकट सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेपछि उनीहरुलाई फकाउन अध्यक्ष ओलीले कारवाही फुकुवा गरेका हुन् ।

नेपाल पक्षले राजीनामा नदिए आफ्नो नेतृत्वको सरकार टिकिरहने भएका कारण ओलीले उनीहरु विरुद्धको कारवाही स्थायी कमिटी बैठकमार्फत फुकुवा गरेका हुन् । बैठकमा पार्टीलाई एक बनाइराख्न कारवाही फुकुवा गर्नुपरेको ओलीले बताएका थिए ।

बैठकले पार्टी एकता कायम राख्न यस्तो निर्णय लिएको नेता सुवास नेम्वाङले बताए । बैठकले माधव नेपालसँग कुरा गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

ती चार नेतामाथि अरुको एजेण्डा बोकेर पार्टी ध्वस्त पार्न लागेको अभियोग लगाउँदै ओलीले ६ महिना साधारण सदस्यतबाट समेत निलम्बन गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ११ : २१ बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष