५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल पक्षलाई फकाउने सूत्र प्रयोग : ओलीले गरे माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा



काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले नेता नेपालसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई यसअघि गरेको निलम्बन फुकुवा गरेको हो ।

नेता नेपाल पक्ष निकट सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेपछि उनीहरुलाई फकाउन अध्यक्ष ओलीले कारवाही फुकुवा गरेका हुन् ।

नेपाल पक्षले राजीनामा नदिए आफ्नो नेतृत्वको सरकार टिकिरहने भएका कारण ओलीले उनीहरु विरुद्धको कारवाही स्थायी कमिटी बैठकमार्फत फुकुवा गरेका हुन् । बैठकमा पार्टीलाई एक बनाइराख्न कारवाही फुकुवा गर्नुपरेको ओलीले बताएका थिए ।

बैठकले पार्टी एकता कायम राख्न यस्तो निर्णय लिएको नेता सुवास नेम्वाङले बताए । बैठकले माधव नेपालसँग कुरा गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

ती चार नेतामाथि अरुको एजेण्डा बोकेर पार्टी ध्वस्त पार्न लागेको अभियोग लगाउँदै ओलीले ६ महिना साधारण सदस्यतबाट समेत निलम्बन गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ११ : २१ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र