१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बाँकेमा एकैरात ८ जना कोरोना संक्रमितले ज्यान गुमाए



नेपालगन्ज । कोरोना संक्रमितहरुको उपचार भईरहेको बाँकेका दुई अस्पतालमा एकैरात थप ८ जनाको मृत्यु भएको छ । रातभरीमा भेरी अस्पतालमा ६ जना र मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षिया महिला, लम्किचुहा ९ कैलालिका ४० वर्षिय पुरुष, कुमाख गाउँपालिका–१ सल्यानकी ६७ वर्षिय महिला, मधुबन नगरपालिका–६ बर्दियाका ५९ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेकी ३५ वर्षिया महिला रहेका छन् । त्युैगरि खजुरा गाउँपालिका–३ बाँकेकी ७५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेकी ६१ वर्षिया महिला, कोहलपुर नगरपालिका–२बाँकेका २८ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय २२ र बाँके जिल्लामा उपचार गर्न आई निधन हुनेको संख्या १ सय ६७ पुगेको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो