१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रूपन्देहीका थप २ अस्पतालले कोभिडको उपचार गर्ने



बुटवल । रुपन्देहीमा थप २ अस्पतालहरुले कोरोना संक्रमणको उपचार गर्ने भएका छन् । उपचार भईरहेको ३ वटा अस्पतालमा अत्याधिक चाप भएर भरिभराउ भएपछि २ वटा थप अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् । रुपन्देहीको देवदह स्थित देवदह मेडिकल कलेज र बुटवल स्थित आम्दा अस्पतालले पनि आजैबाट कोरोना संक्रमितको उपचार सुरु भएको जनाएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा रूपन्देहीका थप २ वटा अस्पतालले कोभिड १९ उपचार सुरु गरेका हुन् ।

देवदह नगरपालिका रूपन्देहीमा अबस्थित देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरि १५ बेडको कोरोनाको उपचार आजैबाट सुरु गरेको जनाएको छ भने छिट्टै ५० बेड पुर्याइने कलेजका निर्देशक डा. बिक्रम ज्ञवालीले बताए ।

त्यस्तै महिला तथा बालबालिकालाई केन्द्रमा राखेर स्वास्थ्य उपचार सेवा दिदै आएको (सिद्धार्थ बाल तथा महिला अस्पताल ) आम्दा अस्पतालले पनि कोभिड अस्पताल सुरू गरेको छ । बालबालिका तथा महिलालाई लक्षित गरि एचडीयू स्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले बताए ।

रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्शल मेडिकल कलेज र भिम अस्पताल भैरहवामा कोरोना संक्रमितको उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : १९ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको