२३ बैशाख २०८१, आइतबार | May 5, 2024

ओली-नेपालबीच आज पनि भेटवार्ता हुँदै



काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ ।

दुई नेताबीच आज साँझ भेटवार्ताको समय तय गरिएको एमालेको उच्च स्रा्तले जनाएको छ । एमालेको विवाद टुंगो लगाउन तथा बुधबार भएका सहमती कार्यान्वयनमा भेटवार्ता केन्द्रीत हुने बताईएको छ । बुधबार दुई नेताबी भएको भेटवार्तामा पार्टी विवाद मिलाउन कार्यदल बनाउने सहमती भएको थियो ।

नेपाल पक्षले उठाउँदै आएको पार्टीलाई २ जेठ ०७५ अघिको अवस्थामा पु¥याउन ओली सहमत भएपछि राजीनामाको तयारमा रहेका नेपाल पक्षका सांसदहरुको राजीनामा रोकिएको थियो । तर सहमतीमा संगठनलाई पुरानो अवस्थामा फर्काउन एक कार्यदल बनाउने र सोही कार्यदलको सुझावका आधारमा अगाडि बढ्ने नेताहरुका बीच सहमती भएको बताईएको थियो ।

प्रधानमन्त्री ओली भेट्नु अघि नेपालले आफु निकट नेताहरुसँग छलफल गरेका छन् । कार्यदलमा बस्ने नेपाल पक्षको नेताहहरुको बिषयमा नेपालले आफु निकट नेताहरुसँग छलफल गरेका थिए ।

अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेललगायतका नेता रहने बताईएको छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोर्कण विष्टलगायतका नेताहरुको नाम चर्चामा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ०५ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा