४ आश्विन २०८३, आइतबार | September 21, 2026

रुपन्देहीमा घटदै संक्रमण र मृत्यु : २४ घण्टामा ५१४ जना संक्रमित, ९ जना मृत्यु



बुटवल । कोराना भाइरस कोभिड-१९ को हटस्पट बनेको रुपन्देहीमा पछिल्लो २ दिन देखी संक्रमितको संख्या घट्दै गएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर चेक गर्दा ५ सय १४ जना कोरोना संक्रमित थपिएका हुन ।

त्यस्तै सोही अवधिमा रुपन्देहीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

आज सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा संक्रमित थपिएका छन । त्यहा ८२ जना महिला र ८३ जना पुरुष गरि १ सय ६५ जना संक्रमित थपिएका छन । त्यस्तै सबै भन्दा बढी संक्रमित थपिदै आएको बुटवल उपमहानगरपालिकामा आज ६३ जना महिला र ९१ जना पुरुष गरि १ सय ५४ जना संक्रमित थपिएका छन ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा १७ महिला जना र २८ जना पुरुष गरि ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरि ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरि २६ जना, सैनामैना नगरपालिकामा १५ जना महिला र १५ जना पुरुष गरि ३० जना संक्रमित थपिएका छन ।

ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरि १० जना, कन्चन गाउँपालिकामा ९ जना महिला र ७ जना पुरुष गरि १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानिय तहमा कोरोना संक्रमितको संख्या शून्य देखिएको छ ।

रुपन्देहीमा हाल ७४०८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०३ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन