२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देहीमा घटदै संक्रमण र मृत्यु : २४ घण्टामा ५१४ जना संक्रमित, ९ जना मृत्यु



बुटवल । कोराना भाइरस कोभिड-१९ को हटस्पट बनेको रुपन्देहीमा पछिल्लो २ दिन देखी संक्रमितको संख्या घट्दै गएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनाको आरटिपिसिआर चेक गर्दा ५ सय १४ जना कोरोना संक्रमित थपिएका हुन ।

त्यस्तै सोही अवधिमा रुपन्देहीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

आज सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा संक्रमित थपिएका छन । त्यहा ८२ जना महिला र ८३ जना पुरुष गरि १ सय ६५ जना संक्रमित थपिएका छन । त्यस्तै सबै भन्दा बढी संक्रमित थपिदै आएको बुटवल उपमहानगरपालिकामा आज ६३ जना महिला र ९१ जना पुरुष गरि १ सय ५४ जना संक्रमित थपिएका छन ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा १७ महिला जना र २८ जना पुरुष गरि ४५ जना, सियारी गाउँपालिकामा १५ जना महिला र ४० जना पुरुष गरि ५५ जना, देवदह नगरपालिकामा ११ जना महिला र १५ जना पुरुष गरि २६ जना, सैनामैना नगरपालिकामा १५ जना महिला र १५ जना पुरुष गरि ३० जना संक्रमित थपिएका छन ।

ओमसतिया गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुष गरि १० जना, कन्चन गाउँपालिकामा ९ जना महिला र ७ जना पुरुष गरि १६ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी मायादेवी गाउँपालिकामा ४ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानिय तहमा कोरोना संक्रमितको संख्या शून्य देखिएको छ ।

रुपन्देहीमा हाल ७४०८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ०३ बजे

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई