१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

केही कम हुँदै संक्रमित



काठमाडौं । नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन् । यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा थप तीन हजार ३४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना गरी थप तीन हजार ३४९ जना थपिएका हुन् । हाल एक हजार ३३४ जना आईसीयू र ३७१ जना सङ्क्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १९० आईसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आईसीयू र ४० जना भेन्टिलेटर, बागमती प्रदेशमा ५४२ आईसीयू र २२० जना भेन्टिलेटरमा छन् । यस्तै गण्डकी प्रदेशमा ९२ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६४ जना आईसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा ४९ जना आईसीयू र १५ जना भेन्टिलेटरमा छन् ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका अस्पतालमा २९० जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा रहेको छन् । यस्तै एक हजार ८२५ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : १० बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार