१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अन्तरिक्ष अभियानमा चीनलाई ऐतिहासिक सफलता, मंगल ग्रहमा चिनियाँ ‘चु रोङ’को सफल अवतरण



चीन मंगलग्रहको सतहमा सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गराउने चीन दोस्रो मुलुक बनेको छ । सात महिनाको अन्तरिक्ष यात्रा, तीन महिनासम्म मंगल अर्बिटको परिक्रमा र अन्तिम र निकै संवेदनशील ९ मिनेटपछि चीनले मंगलग्रहमा सफलतापूर्वक रोवर उतारेर अन्तरिक्ष यात्रामा अर्को चमात्कार गरेको छ ।

चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनका अनुसार चु रोंग रोवर (चीनको पौराणिक अग्नि एवं युद्ध के देवताको नाम) शनिवार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । रोवर पाङ्ग्रा जोडिएको सानो अन्तरिक्ष रोवोट हो ।

चु रोंगमा ६ वटा पाङ्ग्रा रहेका छन् । यो रोवर मंगल ग्रहको उत्तरी गोलर्धमा रहेको यूटोपिया प्लेनेशियाको समतल भागमा पुगेको छ । चीनले यो रोवरमा प्रोटेक्टिव क्याप्सुल, एक प्याराशुट र रकेट प्लेफार्मको प्रयोग गरेको थियो । मंगल ग्रहमा चीनको रोवर अवतरण गर्नुलाई निकै ठूलो सफलता मानिएको छ ।

राष्ट्रपति सी चिङफिङले यस ल्याण्डमार्क मिशनमा संलग्न सबैलाई बधाई सन्देश दिएका छन् । चु रोङले रेडियो सन्देश पठाउन सुरु गरिसकेको चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले जनाएको छ । पृथ्वीबाट मंगल ग्रह सम्मको दुरी ३२ करोड किलोमिटर छ ।

अन्तरिक्ष अभियानमा अहिलेसम्म सुपरपावर मानिएको अमेरिकासँग प्रविधिको विषयलाई लिएर चीनको द्वन्द्व चलिरहेको छ । अन्तरिक्ष विज्ञानमा अहिलेसम्म अमेरिकालाई नै ऐतिहासिक उपलब्धी हासिल हुँदै आएको छ । तर अब चीनले अमेरिकालाई कडा चुनौती दिइरहेको छ । पछिल्ला केही वर्षयता चीनले विश्वकै पहिलो क्वान्टम उपग्रह प्रक्षेपण गरेको छ । चन्द्रमामा अवतरण भएको त्यो उपग्रहले लुनार स्याम्पल हासिल गर्न सफल भएको थियो । चीनले केहिदिन अघि मात्रै आफ्नै अन्तरिक्ष स्टेशन बनाउनका लागि रकेट प्रक्षेपण गरेको थियो ।

यदि चु रोङले मंगल सतहबाट आगामी ९० दिनसम्म सूचना संकलन गर्न र पठाउन सफल भयो भने चीन अमेरिकापछि मिंगलग्रहको नियमित सूचना पाउने दोस्रो मुलुक बन्नेछ । यसअघि सोभियत संघले सन् १९७१ मै मार्स ३ नामक रोवर पठाएको थियो । तर, केही समयमै त्यसको सम्पर्क विच्छेद भएको थियो । मंगल ग्रह मुश्किल और चुनौतीपूर्ण पर्यावरणका लागि चिनिन्छ । त्यहाँ धुलोले भरिएको निकै शक्तिशाली आँधी चलिरहन्छ । कुनै पनि अन्तरिक्ष मिशनका लागि यो नै सबैभन्दा बढी चुनौतीपूर्ण मानिएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : ५९ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत