७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बिहे भोजले निम्त्याएको कोरोना संकट : एकै परिवारका चारजनाको मृत्यु



बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । यो मृत्यु १५ दिनको अवधिमा भएको हो ।

बडिगाड गाउँपालिका-४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका हुन । स्वास्थ्य मापदण्डको पालना नगरी विवाह भोजमा सहभागी हुँदा उनीहरुमा संक्रमण फैलिएको स्थानीयले बताएका छन ।

उनीहरु गत वैशाख ११ गते विवाह भोजमा सहभागी भएका थिए । परिवारका ज्येष्ठ सदस्य ८७ वर्षीय बुवा, ५४ वर्षीया छोरी, ५१ वर्षीय छोरा र ४० वर्षीय छोराको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

वैशाख १७ गते बुवा, वैशाख ३० गते ४० वर्षीय छोरा, वैशाशाख ३१ गते ५१ वर्षीय छोरा र जेठ १ गते ५४ वर्षीया छोरीको मृत्यु भएको हो । १५ दिनको अवधिमा एकै परिवारका चार सदस्यले कोरानाकै कारण ज्यान गुमाएपछि अहिले सिंगो गाउँ शोकाकूल बनेको छ ।

बिहे भोजपछि क्रमशः बिरामी परेका उनीहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भोजमा सहभागी भएको एक सातापछि उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिन थालेको थियो ।

भोजमा सहभागी भएका सोही गाउँका अन्य दुई जनाले पनि ज्यान गुमाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

बिहे भोजमा सहभागी हुँदा कोरोना संक्रमित भएका केहीको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही संक्रमितहरु भने अझै पनि आफ्नै घरमा छन ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ५९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल