५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाको संक्रमित र मृत्यु संख्या केही घट्यो; २४ घण्टामा ७३६८ संक्रमित थपिए, १४५ को मृत्यु



काठमाडौं । आइतबार पनि कोरोना संक्रमण हुने र मृत्यु हुनेको संख्या केही घटेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ३१६ जना संक्रमित भएका छन् । १९ हजार ६३९ पीसीआर परीक्षण गर्दा ७३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार ६ हजार ६४८ जना संक्रमित निको भएका छन् ।

काठमाडौं उपत्यकाभित्र संक्रमित हुनेको संख्या २ हजार ६०९ रहेको छ । जसमध्ये काठमाडौंमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : ३१ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन