५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओलीले लिएको सपथ विरुद्ध सर्वोच्चमा रिट, दोस्रोपटक सपथ दिलाउन माग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिँदा गल्ती गरेको भन्दै पुनः सपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
अल्पमतको सरकारको नेतृत्व गर्दै गत वैशाख ३१ गते राष्ट्रपति कार्यालयमा सपथ लिँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने शब्द प्रयोग गरेका थिए ।

प्रधानमन्त्रीले लिएको सपथ त्रुटीपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रिट हालेका हुन् । यद्यपी, सर्वोच्च प्रशासनले रिट दर्ता गर्न बाँकी रहेको छ ।

प्रधानमन्त्रीले सपथ संविधानले नै तय गरेको सपथका महत्वपूर्ण अंश वाचन गर्न छुटाएका थिए । पछि राष्ट्रपतिले सच्चाउन आग्रह गर्दा तत्कालै ‘त्यो पर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । लगत्तै राष्ट्रपतिले हाँस्दै ओलीको त्यो पर्दैनलाई छोडिदिएकी थिइन ।

ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

रिट निवेदकहरुले संविधानको धारा ८० अनुसार पुनः सपथ गराउन माग गरेका छन् । शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्राध्यक्षको मानमर्दन गरेको संवैधानिक कानूनका जानकारहरुले टिप्पणी गरेका छन् ।

तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओवामाले पहिलोपटक राष्ट्रपतिमा सपथ लिँदा भुलवस उच्चरण गरेको शब्द नबुझिँदा र शब्दा यताउता पर्दा अमेरिकी प्रधानन्यायाधीसले दोस्रो पटक सपथ दिलाएका थिए । शपथका लागि उल्लेख गरिएका शब्दहरु एक एक गरी नछुटाइकन सपथ लिनुपर्ने मान्यता रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : १० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता