७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि खड्का र पाण्डेयको उम्मेदवारी घोषणा



काठमाडौं । लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनको मंगलबार उम्मेदवारी मनोनयन हुने भएको छ । आउँदो जेठ १७ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन मंगलबार हुने भएको हो । प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्दैले दलत्यागको निवेदनको आधारमा सो पद रिक्त भएको थियो ।

आगामी निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवारको रुपमा अघि सारेको छ भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कपिलवस्तुका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए । यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको स्थानीय नेताहरुको भनाइ छ । नेपालपक्षमा लागेका एमाले सभासद र स्थानीयतहका पदाधिकारीलाई पार्टी एकाकाररुपमा अगाडि बढीसकेकाले एमालेको एकल मतभार बलियो भएको एमालेको दावी छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई