५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि खड्का र पाण्डेयको उम्मेदवारी घोषणा



काठमाडौं । लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनको मंगलबार उम्मेदवारी मनोनयन हुने भएको छ । आउँदो जेठ १७ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन मंगलबार हुने भएको हो । प्रदेशको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्दैले दलत्यागको निवेदनको आधारमा सो पद रिक्त भएको थियो ।

आगामी निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवारको रुपमा अघि सारेको छ भने कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कपिलवस्तुका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाएको छ ।

एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए । यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका दुर्गनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।

जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको स्थानीय नेताहरुको भनाइ छ । नेपालपक्षमा लागेका एमाले सभासद र स्थानीयतहका पदाधिकारीलाई पार्टी एकाकाररुपमा अगाडि बढीसकेकाले एमालेको एकल मतभार बलियो भएको एमालेको दावी छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ०९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता