८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले कार्यदलको पहिलो बैठक : अविश्वास र अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आग्रह



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको पहिलो बैठक सकिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलवार बसेको कार्यदलको पहिलो बैठकले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्ने निर्णय गरेको कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए ।

‘बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने सहमति गरेको छ ।

पार्टीमा देखिएका समस्या थयोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अगाडि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ’ रावलले भने । ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिबाट आग्रह गर्ने निर्णय गरेको छ,’ रावलले भने ।

आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित थिए । नेता रावलका अनुसार बैठक पुनः भोलि तय गरिएको छ ।
पार्टी फुटको अवस्थामा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार ओली र नेपाल पक्षबाट पाँच पाँच जना रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त रहेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ०७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल