३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयको पुष्टि



काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड-१९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६१७.१ पुष्टि भएको हो ।

योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ३९ बजे

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका

मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीले चलायो गोली, एक घाइते

विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो