१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

सार्क मुलुकमध्ये नेपालमा कोरोना संक्रमण उच्च



काठमाडौं । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय संक्रमणको दर बढ्दो रहेको छ ।

अझ कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत-जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा संक्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको शुरूआती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।

४ दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय संक्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र संक्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।

४ दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको संक्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने ४ दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि संक्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।

अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय संक्रमणको दर २७.४, बंगलदेशको मृत्युदर १.७ र सक्रिय संक्रमण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय संक्रमण दर ४.७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय संक्रमणको दर ९०.३, पाकिस्तानमा मृत्युदर २.२ र सक्रिय संक्रमणको दर ७.५ तथा श्रीलंकामा मृत्युदर १.५ र सक्रिय संक्रमणको दर ९.६ प्रतिशत रहेको थियो ।

४ दिनपछि अगस्ट ११ को विवरणअनुसार अफगानिस्तानमा मृत्युदर ४.६ नै कायम रहे पनि सक्रिय संक्रमणको दर घटेर २६.६ प्रतिशतमा झरेको छ । बंगलादेशमा पनि मृत्यु दर उही तर सक्रिय संक्रमण २ प्रतिशतले घटेको छ ।

भुटानमा मृत्युदर उही र सक्रिय संक्रमणको दर आधा घटेर २.३ प्रतिशतमा झरेको छ । सार्क मुलुकमध्ये सबैभन्दा बढी संक्रमणको दर रहेको माल्दिभ्समा ४ दिनको अवधिमा मृत्युदर ०.३ पुगे पनि संक्रमणको दर अत्यधिक कटौती हुँदै ३.४ प्रतिशत कायम हुन पुगेको छ । पाकिस्तानमा भने मृत्युदर उही रहे पनि संक्रमणको दर १ प्रतिशतले मात्र बढेको छ । श्रीलंकामा पनि सोही अनुपातले संक्रमणको दर एक प्रतिशले मात्र बढेको देखिन्छ ।

सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा बढी ओहोरदोहोर हुने भारतलगायत अन्य सार्क मुलुकमा डेल्टा भेरियन्टले पनि संक्रमण बढाउन नसक्नुमा त्यहाँको कडा अनुशासन कारक रहेको चिकित्साविज्ञहरू बताउँछन् । नेपालमा भने त्यो अनुशासन लौरो लगाएर घरमै थुन्नुपर्ने अवस्थाको रहेको जिकिर उनीहरू गर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार भारतमा जनसंख्या धेरै भए पनि सबै परीक्षणको पहुँचमा पुगेको अवस्थामा छ । तर नेपालमा गाउँगाउँमा एन्टिजेन किट पठाइए पनि परीक्षण नगरी घरमै बस्नेको संख्या धेरै छ ।

हालसम्म २१ लाख एन्टिजेन किट पठाएकामा ३ लाख ८० हजार ५५ जनाको मात्र परीक्षण भएको छ । उनले भने, ‘खोपकै अनुपातको विश्लेषण गर्ने हो भने प्रतिजनसंख्याको तुलनामा भारतमा भन्दा नेपालमा खोप बढी लगाइएको छ ।’

उनका अनुसार नेपालमा ९.३४ प्रतिशले पूरै मात्राको खोप लगाइसकेका छन् । भारतमा ८.३७ प्रतिशत जनसंख्याले मात्र पूर्ण खोप लगाएको अवस्था छ ।

नेपालमा विद्यालय र विश्वविद्यालयबाहेक अन्य सबै क्षेत्र खुला छ । यो सहितको विश्लेषण गर्ने हो भने अहिलेको संक्रमण निकै न्यून रहेको दाबी डा. अधिकारीले गरे । उनले थपे, ‘संक्रमणको दर बढेको देखिए पनि अस्पतालमा धेरै भर्ना दर छैन । यसले पनि संक्रमण विस्तारै खुम्चिँदै जाने सम्भावना जीवितै देखाउँछ ।’

अर्का चिकित्साविज्ञ डा. समीरमणि दीक्षितले भने एकैचोटि कडा बन्दाबन्दीबाट खुकुलो वातावरण हुँदा नेपालमा कोभिडको डेल्टा भाइरसले फैलने अवसर पाएको सुनाए । उनले भने, ‘यो एकदमै संक्रामक छ, मानिसको सामान्य लापरवाहीले पनि बढ्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : १९ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका