३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

नेपालमा कोरोनाको डेल्टा भेरियन्टभित्र पनि नयाँ भेरियन्ट फेला, सबै उमेर समुहका लागि घातक



काठमाडौं । नेपालमा फेरि कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी एवाई.वान (AY.1 ) भेरियन्ट पत्ता लागेको जनाएको हो ।

अहिलेसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट मात्र पुष्टि भएको थियो ।

मन्त्रालयका नुसार देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमुनाको परीक्षण गर्दा भेटिएका ४७ वटा डेल्टा भेरियन्ट मध्ये ९ वटामा थप उत्परिवर्तन भएको पाइएको हो ।

भारतको नयाँ दिल्लीस्थित डब्लुएचओ आइडन्टिफाइट सेन्टर फर एक्सलेन्स इन जिनोमिक्स, दी इन्टिस्च्यूट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायलोजी (आईजीआईबी) मा गरिएको सिक्वेसिङमा ९ वटामा K47N Mutation भेटिएको मन्त्रालयले जनाएको छ । यसलाई (AY.1 ) नाम दिइएको छ ।

कुल ४८ नमुनामध्ये ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएकामा ९ वटामा थप उपरिवर्तन भएको थियो । बाँकी १ नमुनामा भने अल्फा भेरियन्ट पाइएको थियो ।

यी भेरियन्टहरु बढी संक्रमक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने मन्त्रालयलले जनाएको छ ।
नेपालमा हालसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरियन्ट र भेरियन्ट अफ इन्ट्रेष्टका रुपमा कप्पा (B.1.617.1) पुष्टि भएको छ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : २१ बजे

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका

मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीले चलायो गोली, एक घाइते

विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो