१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेपालमा कोरोनाको डेल्टा भेरियन्टभित्र पनि नयाँ भेरियन्ट फेला, सबै उमेर समुहका लागि घातक



काठमाडौं । नेपालमा फेरि कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी एवाई.वान (AY.1 ) भेरियन्ट पत्ता लागेको जनाएको हो ।

अहिलेसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियन्ट मात्र पुष्टि भएको थियो ।

मन्त्रालयका नुसार देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमुनाको परीक्षण गर्दा भेटिएका ४७ वटा डेल्टा भेरियन्ट मध्ये ९ वटामा थप उत्परिवर्तन भएको पाइएको हो ।

भारतको नयाँ दिल्लीस्थित डब्लुएचओ आइडन्टिफाइट सेन्टर फर एक्सलेन्स इन जिनोमिक्स, दी इन्टिस्च्यूट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायलोजी (आईजीआईबी) मा गरिएको सिक्वेसिङमा ९ वटामा K47N Mutation भेटिएको मन्त्रालयले जनाएको छ । यसलाई (AY.1 ) नाम दिइएको छ ।

कुल ४८ नमुनामध्ये ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएकामा ९ वटामा थप उपरिवर्तन भएको थियो । बाँकी १ नमुनामा भने अल्फा भेरियन्ट पाइएको थियो ।

यी भेरियन्टहरु बढी संक्रमक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने मन्त्रालयलले जनाएको छ ।
नेपालमा हालसम्म अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरियन्ट र भेरियन्ट अफ इन्ट्रेष्टका रुपमा कप्पा (B.1.617.1) पुष्टि भएको छ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : २१ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले