३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र



लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।

समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म  (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् ।

यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसका साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

विश्व स्वास्थ सङ्गठनले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स-कोभ-२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ । साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : ४४ बजे

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको